सत्तारुढ दलले सहमति र प्रक्रिया दुवै सँगै लैजाने

काठमाडौ । सत्तारुढ दलले माघ ८ मा संविधान जारी गर्न सहमति र प्रक्रिया दुवै सँगै लैजाने भएका छन् ।
सहमति मात्रै खोज्दा संविधानसभाको सार्वभौमता खोसिने र समय अपुग हुन सक्ने भन्दै प्रक्रिया थाल्ने निष्कर्षमा दलहरु पुगेका हुन् । कांग्रेस र एमाले शीर्ष तहको छलफलले त्यस्तो निष्कर्ष निकाले पनि सहमतिको अधिकतम प्रयास जारी राखिने वार्तामा सहभागी एक नेताले  बताए । सहमति मात्रै भन्दा प्रक्रिया अल्झिने हो कि भनेर दुवैलाई सँगै लगिने भएको हो उनले भने ।
एमाओवादी मधेशी सहितको मोर्चाले विरोधका कार्यक्रम सार्वजनिक गरेपछि सत्तारुढ दलहरुले संवाद र छलफल तीव्र पारेका हुन् । उनीहरुले विपक्षीका एजेण्डालाई समेत सम्बोधन गर्न सहमतिका लागि शीर्ष बैठक निरन्तर गर्ने र प्रक्रियाको काम पनि थाल्ने भएका छन् ।
सोही अनुसार मंगलबार साँझ एमाओवादी र मधेशका नेताहरु बैठकका लागि जुटेका हुन् । नमिलेका विवाद टुंग्याउनका लागि संविधानसभा भित्रै संयन्त्र बनाई प्रक्रिया थाल्ने विषयमा आन्तरिक समझदारी जुटेको छ । त्यसको नेतृत्व संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गलाई नै दिने कि फरक संरचना गर्ने भन्नेमा टुंगो लागेको छैन । यसबीचमा राजनीतिक सहमति जुटाउन पहल जारी नै राखिने भएको छ । त्यसका लागि एमाओवादी नेता बाबुराम भट्टराईले बुझाएको असहमतिको प्रतिवेदनमाथि थप केही निर्णय नगर्ने, राजनीतिक तहबाटै छलफल चलाइने छ । कान्तिपुर लेख्छ जतिसुकै सहमति भने पनि एमाओवादी स्वयं सहमतिमा आउने सम्भावना कमै देखेपछि प्रक्रिया नरोक्ने निष्कर्षमा हामी पुगेका हौ वार्तामा सहभागी एक कांग्रेस नेताले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice