‘अमेरिका होइन चलचित्र क्षेत्रबाटै आर्यघाट पुग्छु’

काठमाडौं । अभिनेता भुवन केसीले चलचित्र इच्छाको पोस्टर र अडियो एल्बम सार्वजनिक कार्यक्रममा सबैलाई भाइबहिनी भनेर सम्बोधन गरी माहोल तताए । मेरा प्रिय भाइबहिनी भनेर सम्बोधन गरेका उनले बीचैमा ठट्टा गरेको भावमा भने, ‘यहाँ मभन्दा उमेरले जेठो कोही नहोला सायद ।’ भुवनले यसोभन्दा माहोल तातेको थियो । कार्यक्रममा चलचित्र क्षेत्रमा तीन दशक योगदान गरेका भुवनलाई चलचित्र इच्छाको टिमले सम्मान पनि गरेको छ ।
सम्मान थापेपछि उनले भने, ‘मलाई छोराछोरीले अमेरिकामा बस्नका लागि बोलाइरहेका छन् । तर, म नेपाली चलचित्र क्षेत्रबाटै आर्यघाट पुग्न चाहन्छु ।’ उनले आफू चलचित्र क्षेत्रमा अब नायकको रुपमा जम्न नसके पनि छोरो अनमोल उदाउँदै गरेको बताए ।
अभिनेता केसी र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले संयुक्त रूपमा चलचित्रको पोस्टर र अडियो एल्बम सार्वजनिका गरेका हुन् ।
मुनाल घिमिरेले निर्देशन गरेको चलचित्र इच्छा नयाँ पुस्ताको सोच र इच्छामा केद्रिन्त रहेको बताइएको छ ।
इच्छामा सुवास थापा, दीपशिखा शाही, दयाहाङ राई, ओम प्रतीक, देशभक्त खनाललगायत कलाकारको अभिनय रहेको छ । गम्भीर विष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, प्रकाश घिमिरेको लेखन रहेको चलचित्रमा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice