बुहारीको रिसले सासुले घर जलाएपछि…

सोलुखुम्बु,– सासूबुहारीको झगडाले सोलुखुम्बुमा दुई घर जलेर नष्ट भएका छन् ।
बुहारीसँगको झगडाका क्रममा सासूले घरमा आगो सल्काउँदा लोखिम–७ मा दुई घर जलेर नष्ट भएको स्थानीयवासी  उत्तरकुवीर राईले जानकारी दिए ।
शनिबार दिउँसो करिब १ बजे भएको आगलागीबाट आमाछोरा पूर्णबहादुर तामाङ र सप्तकुमारी तामाङको घर जलेको हो । आगो नियन्त्रणमा लिन नसक्दा घरभित्र रहेका सबै लत्ताकपडा र अन्न जलेको छ । स्थानीयले दुई घरसहित सबै सम्पत्ति जलेर करिब सात लाखको क्षति भएको बताएका छन् ।

One thought on “बुहारीको रिसले सासुले घर जलाएपछि…

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice