एमाओवादीले माग्यो सत्तापक्षसँग ठोस प्रस्ताव

काठमाडौ–विपक्षी दल एमाओवादीले संविधान निर्माणमा कांग्रेस र एमालेको बटमलाइन दिन आग्रह गरेका छ । कांग्रेस र एमालेले सहमतिका लागि लचिलो हुने भनिरहेका बेला एमाओवादीले ती दुई दलसित संघीयता, निर्वाचन प्रणाली, शासकीय स्वरुपलगायतका बिषयमा ठोस प्रस्ताव ल्याउन आग्रह गरेको हो ।
कांग्रेस र एमालेसंग अनौपचारिक छलफल गरिरहेको एमाओवादीले ठोस प्रस्ताव ल्याएपछिमात्र सहमतिमा पुग्न सकिने जनाएको छ । हामीले आफ्नातर्फबाट लचिलो भएका छौ, कांग्रेस र एमालेलाई पनि लचिलो भएर ठोस प्रस्ताव ल्याउन भनेको छौ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, सहमतिका लागि लचिलो हुन तयार छौ भन्दै कांग्रेस र एमालेले समय लम्ब्याएको महसुस भएको छ ।  उनले एमाओवादीले संविधान निर्माणका धेरै विषयमा पहिलेको अडान परिमार्जन गरेको दाबी गरे । सहमतिका लागि हामीले ठोस प्रस्ताव दिइसकेका छौ उनले भने ।
एमाओवादीले संघीय प्रदेश, शासकीय स्वरूपलगायतमा आफूले लचकता देखाएको भन्दै आएको छ । एमाओवादीले कांग्रेस र एमालेसंग भएका अनौपचारिक बैठकमा संविधान निर्माणको बटमलाइन प्रस्तुत गर्न आग्रह गरेको जानकारी दिए । कांग्रेस र एमालेले सहमतिका लागि लचक भएको बताए पनि बटमलाइन प्रस्तुत नगर्दा सहमतिमा पुग्न कठिन भएको उनको दाबी छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice