यी हुन् सामाजिक सञ्जालका ‘सेलिब्रेटी’

rekha jeebabu jeeफेसबुकमा सबैभन्दा बढी ‘लाइक’ पाउने नेपालीमा धेरैजसो नायिका–गायिका छन् । अझ लोकभाका गाउने गायिकाहरूलाई धेरै फेसबुककर्ताले ‘लाइक’ गरेर नेपाली लोक संगीतप्रतिको माया झल्काएका छन् । फेसबुक प्रयोगकर्ताले सबैभन्दा बढी लाइक गरेकामध्ये अभिनेत्री रेखा थापा पहिलो स्थानमा छिन् ।
त्यस्तै, दोस्रो स्थानमा नेपाली पप संगीत जगत्का ¥यापर यामा बुद्ध छन् । देशका नेतामध्ये नै सबैभन्दा बढी सामाजिक सञ्जालहरूमा छाउने नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तेस्रो स्थानमा छन् । चौथो र पाँचौँ स्थानमा क्रमशः लोकगायिका मुना थापामगर र सुनीता दुलाल छन् ।
त्यस्तै, पप गायिका तथा गिटास्टि आस्था तामाङ मास्के ११औँ स्थानमा छन् । पपगीत गाएर युवा ढुकढुकीमा बस्न सफल आस्था तामाङ मास्केको फेसबुक पेजलाई दुई लाख ७१ हजारभन्दा बढीले लाइक गरेका छन् ।

नेपालमा झन्डै ४० लाख मानिसले सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्छन् । फेसबुकमा उनीहरू आफ्ना साथी, छिमेकी, नातेदारसँग साथी बन्छन् र नयाँ–नयाँ साथी पनि खोज्छन् । योसँगै आफूलाई मन पर्ने संसारभरिकै व्यक्तिव्यक्तित्वलाई पछ्याउँछन्, लाइक गर्छन् । उनीहरूका गतिविधिलाई ‘लाइक’ गर्नुका साथै उनीहरूले पोस्ट गरेका तस्बिर, विचारमाथि टिप्पणी पनि गर्छन् ।
फेसबुकमा सबैभन्दा बढी ‘लाइक’ पाउने नेपालीमा धेरैजसो नायिका–गायिका छन् । अझ लोकभाका गाउने गायिकाहरूलाई धेरै फेसबुककर्ताले ‘लाइक’ गरेर नेपाली लोक संगीतप्रतिको माया झल्काएका छन् । फेसबुक प्रयोगकर्ताले सबैभन्दा बढी लाइक गरेकामध्ये अभिनेत्री रेखा थापा पहिलो स्थानमा छिन् ।
त्यस्तै, दोस्रो स्थानमा नेपाली पप संगीत जगत्का ¥यापर यामा बुद्ध छन् । देशका नेतामध्ये नै सबैभन्दा बढी सामाजिक सञ्जालहरूमा छाउने नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तेस्रो स्थानमा छन् । चौथो र पाँचौँ स्थानमा क्रमशः लोकगायिका मुना थापामगर र सुनीता दुलाल छन् ।
त्यस्तै, पप गायिका तथा गिटास्टि आस्था तामाङ मास्के ११औँ स्थानमा छन् । पपगीत गाएर युवा ढुकढुकीमा बस्न सफल आस्था तामाङ मास्केको फेसबुक पेजलाई दुई लाख ७१ हजारभन्दा बढीले लाइक गरेका छन् ।
१२औँमा रेडियो प्रस्तोता सबीना कार्की छन् । उनको फेसबुक पेजलाई दुई लाख ५८ हजारभन्दा बढीले लाइक गरेका छन् । त्यस्तै, गायिका आनी छोइङ डोल्माको फेसबुक पेजलाई दुई लाख ५८ हजारभन्दा बढीले लाइक गरेका छन् । त्यस्तै, नायिका नम्रता श्रेष्ठको पेजलाई लाइक गर्ने दुई लाख ४२ हजारभन्दा बढी छन् भने गायक एड्रिन प्रधानको पेजलाई एक लाख ८० हजारभन्दा बढीले लाइक गरेका छन् । त्यस्तै, पूर्वयुवराज्ञी हिमानी शाहको पेजलाई एक लाख ७२ हजार भन्दा बढीले लाइक गरेका छन् । हिमानी फेसबुक पेजमा सबैभन्दा लाइक पाउने नेपालीमा १७औँ स्थानमा छन् ।

दश नेपाली फेसबुक सेलिब्रेटी
१. रेखा थापा, अभिनेत्री, निर्देशन तथा निर्माता

rekha jee
नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको फेसबुक पेजलाई सर्वाधिक फेसबुक प्रयोगकर्ताले ‘लाइक’ गरेका छन् । उनको फेसबुक पेज ‘लाइक’ गर्ने ११ लाख ४३ हजारभन्दा छन् । यो नेपाली फेसबुक प्रयोगकर्तामध्येको सबैभन्दा बढी ‘लाइक’ हो ।
२. यामा बुद्ध, ¥यापर÷म्युजिसियन

yama
नेपाली पप संगीत क्षेत्रका जल्दाबल्दा गायक यामा बुद्ध सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएकामध्ये दोस्रो स्थानमा छन् । उनको फेसबुक पेज लाइक गर्नेहरू सात लाख ६१ हजार भन्दा बढी छन् ।
३. डा. बाबुराम भट्टराई, नेता तथा पूर्वप्रधानमन्त्री

babu jee
बौद्धिक नेता भनेर चिनिने डा. भट्टराई सबैभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने नेतामध्ये नै पहिलो हुन् । यिनी सामाजिक सञ्जालमार्फत आफ्ना विचार र धारणा व्यक्त गरेर बेला–बेला चर्चा बटुल्ने गर्छन् । उनको पेजमा लाइक गर्नेहरू सात लाख ३९ हजारभन्दा बढी छन् ।
४. मुना थापामगर, लोकगायिका

nepal_newsMuna_thapamagar
पछिल्लो समय चर्चा कमाएकी लोक गायिका मुना थापामगरको फेसबुक पेजलाई ६ लाख ८५ हजारभन्दा बढीले लाइक गरेका छन् ।
‘मैले मन पराएको छु’ बोलको गीतबाट ०६७ सालमा उत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड जितेकी मुनाले २३ सयभन्दा लोकदोहोरी गीतमा स्वर दिएकी छिन् ।

५. सुनीता दुलाल, लोकगायिका

sunita_20140811085708
विशेषगरी तीजका गीत गाएर चर्चा कमाएकी सुनिता दुलालको फेसबुक पेजलाई ६ लाख ६१ हजारभन्दा बढीले लाइक गरेका छन् । सुनिताले चेलीको माइतीघर, फेरि आयो माइत जाने दिन, दसँै आयो जमरा पलायो, मेरै दिलमा फुल्यौ निरमाया, उनको लागि व्रत बसेको, शिरमा फुललगायत दर्जनजति गीति एल्बम बजारमा ल्याएकी छिन् ।

६. माल्भिका सुब्बा, पूर्वमिस नेपाल

malvika subba
मिस नेपाल सन् २००२ को उपाधि पहिरिएकी माल्भिका सुब्बाको फेसबुक पेजलाई पाँच लाख ८६ हजारभन्दा बढीले लाइक गरेका छन् । पत्रकारितामा स्नातकोत्तर गरेकी सुब्बा कार्यक्रम प्रस्तोता तथा सामाजिक कार्यकर्ता हुन् ।

७. अञ्जु पन्त, गायिका

anju-panta-3
नेपाली आधुनिक संगीतकी लोकप्रिय गायिका अञ्जु पन्तको फेसबुक पेजलाई पाँच लाख २७ हजारभन्दा बढीले लाइक गरेका छन् । ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ बोलको आधुनिक गीत गाएर चर्चा कमाएकी अञ्जुले थुप्रै आधुनिक तथा चलचित्रका गीतमा स्वर दिएकी छिन् ।

८. हरिवंश आचार्य, अभिनेता, निर्देशक तथा निर्माता

hari
थुप्रै चलचित्र, टेलिशृंखला र सामाजिक चेतना फैलाउने विज्ञापनमा अभिनय गरेका चर्चित अभिनेता हरिवंश आचार्यको फेसबुक पेजलाई चार लाख ४३ हजारभन्दा बढीले लाइक गरेका छन् । मह–जोडीमध्येका एक हरिवंश पछिल्लो समय टेलिशृंखला ‘मदनबहादुर हरिबहादुर’मा फटाहा हरिबहादुरको भूमिकाका कारण चर्चित छन् ।

९. रविन्द्र मिश्र, लेखक तथा पत्रकार

rabindra misra
नेपाली बिबिसी सेवाका सम्पादक तथा कल्याणकारी सञ्जाल हेल्प नेपाल नेटवर्कका संस्थापक रविन्द्र मिश्रको फेसबुक पेजमा लाइक गर्नेहरू तीन लाख २९ हजारभन्दा बढी छन् । पछिल्लो समय उनको पुस्तक ‘खान पुगोस् दिन पुगोस्’ चर्चित छ ।

१०. सुष्मा कार्की, अभिनेत्री

sushma-newsphoto1
मोडलिङबाट चलचित्र अभिनयमा प्रवेश गरेकी सुष्मा कार्कीको फेसबुक पेजलाई तीन लाख १८ हजारभन्दा बढीले लाइक गरेका छन् । सुष्माले अभिनय गरेको पहिलो चलचित्र ‘मेरो एउटा साथी छ’ हो ।

12 Comments
  1. Sweet blog! I found it while browsing on Yahoo News. Do you have any tips on how to get listed in Yahoo News?
    I’ve been trying for a while but I never seem to get there!
    Cheers

  2. Generally I don’t learn post on blogs, but I would like to say that this write-up very compelled me to take a look at and do so! Your writing taste has been amazed me. Thanks, quite nice post.

  3. I just want to mention I am all new to weblog and really savored you’re website. Almost certainly I’m planning to bookmark your blog post . You definitely come with beneficial articles. Many thanks for revealing your blog site.

  4. I simply want to tell you that I’m newbie to blogging and site-building and really savored this website. Most likely I’m planning to bookmark your blog . You really have really good stories. Regards for sharing your website.

  5. I just want to mention I am all new to blogging and actually loved you’re web-site. Very likely I’m likely to bookmark your blog post . You certainly have superb articles and reviews. Appreciate it for sharing your website.

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice