प्रधानमन्त्री कोइरालालाई युनुस अल्गोरको २४ घण्टे अल्टिमेटम

काठमाडौं,– विवादित धार्मिक संस्था कल्की अवतार पाउण्डेसन प्रमुख युनुस अल्गोहरले प्रहरी हिरासतमा रहेका आफ्ना युएनएचसीआर प्रतिनिधिलाई बुझाउन प्रधानमन्त्री सुशिल कोरालालाई ४८ घण्टे अल्टिमेटम दिएका छन् ।
आतंकवादी गतिविधि संलग्न भएको आरोपमा नेपाल प्रहरीले कल्की अवतार फाउन्डेसनका ५ सदस्यलाई २० मंसिरमा हिरासतमा लिएको थियो । हिरासतमा रहेका सदस्यलाई युनएचसीआरका नेपाल स्थित अधिकारीलाई सम्पर्क गराउन उनले चेतावनी दिएका छन् ।
युट्युबमा बिहीबार राखिएको भिडियोमा उनले नेपाललाई सम्बोधन गर्दै प्रहरीले गलत व्याबहार गरेको’ आरोप समेत लगाइएको छ । आफ्नो संस्थाको सदस्यलाई आतंकवादीको आरोपमा नेपाल प्रहरीले हिरासतमा राखेर गलत व्यबहार गरेको भन्दै उनले भनेका छन्, ‘मेरो मान्छेलाई क्षति गर्ने क्षमता यो पृथ्वीमा कसैसँग छैन ।’
आतंकवादी योजना बनाएको आरोपमा प्रहरीले मंसीर २० गते फाउण्डेशनमा आबद्ध ५ जना पाकीस्तानी नागरिकलाई पक्राउ गरि हिरासतमा राखेको छ । कल्की अवतार फाउण्डेशनको नाममा आतंकवादी गतिविधि गरेका र उनीहरुको सम्पर्क अलकायदासँग समेत रहेको सुचनाको आधारमा प्रहरीको विशेष ब्युरो र महानगरिय प्रहरी अपराध महासाखा हनुमान ढोकाले कपुरधारा स्थित फाउण्डेसनको कार्यलयमा छापा मारेर पाकिस्तानी र भारतीय गरि २० जनालाई पक्राउ गरेको नागरिक दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice