परिवारवाट खुट्टा भाँचेर दस दिनसम्म बन्धक बनाइएकी महिलाको उद्धार

काठमाडौ–श्रीमान तथा परिवारका सदस्यले खुट्टा भाँचेर दस दिनसम्म घरमै बन्धक बनाइएकी मोरङ गोबिन्दपुर ७ की २१ वर्षीया पार्वती सहनीलाई माइतीले उद्धार गरेको छ।
उद्धार गरेर बुधबार उनलाई कोशी अञ्चल अस्पताल भर्ना गरिएको छ। उनको दायाँ खुट्टा भाँचिएको छ। सहनीलाई श्रीमान् विजय मुखियाले गत मंसिर १७ गते दाउराको चिरपटले हिर्काएर खुट्टा भाँचिदिएका थिए। त्यसपछि परिवारको समेम मिलोमतोमा उनलाई उपचारबिना घरमै बन्धक बनाएर राखिएको थियो।
अन्नपुर्णपोष्टका अनुसार भाँचिएको खुट्टाको शल्यक्रिया भएको छ। सहनीले भनिन,सासुसुरासमेत लागेर मलाई मरणासन्न हुने गरी पिट्दै खुट्टा भाँचिदिए। घरमै थुनेर राखे। पीडाले छट्पटाउँदा पनि अस्पताल लगेनन्। कुटपिटमा सासुससुरा पनि संलग्न रहेको उनले बताइन्। विजयलाई प्रहरीले पक्राउ गरेको छ।
मंसिर १७ गते भएको घटनाको जानकारी माइती पक्षले २६ गते मात्र थाहा पाएका थिए। त्यसको दुई दिनपछि अस्पताल भर्ना गरिएको आमा लगत्तै उनलाई अस्पताल भर्ना गरिएको छिमेकीले जानकारी गराएपछि मात्र उनलाई उद्दार गरी २९ गते अस्पताल भर्ना गरेको बुबा रामप्रभू सहनीले बताए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice